२० पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ४ हजार ४ सय १ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय ३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ४ सय ३ जना कोरोना संक्रमण देखिएका मध्य इलामका १, उदयपुरका १, ओखलढुङगाका १, झापाका ३, मोरङमा ५, सुनसरीमा २, धनुषामा ५, पर्साका ५, बाराका २, महोतरीका १, सर्लाहीका २, सिराहाका १, काठमाडौँमा १४०, काभ्रेमा ६, चितवनमा ३, दोलखाका १०, धादिङमा ६, नुवाकोटमा १, भक्तपुरमा २४, मकवानपुरमा ५, रसुवाका १, ललितपुरमा २१ र सिन्धुपाल्चोकमा ३, सिन्धुलीका १, कास्कीमा ३५, गोरखामा ३, तनुहँमा ३, नवलपरासी पूर्वमा २, पर्वतमा १, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ३, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १४, रुपन्देहीमा २५, रोल्पामा २, कञ्चनपुरमा २, कैलालीमा ३०, डढेलधुरामा २, डोटीमा २, दार्चुलामा १ तथा बझाङमा १ जना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन।