२० पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन।
प्रतिक्रिया दिनुहोस्