Logo

पलपछि पुष्पको इन्ट्री, ‘रेड वाइन’ पछि ‘तिम्रो मेरो साथ’ नाम परिवर्तन अब के दर्शकको मन जित्ला ?



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी र नायक पुष्प खड्काको अभिनित चलचित्र ‘रेड वाइन’ को नाम परिवर्तन गरेको छ । अबको परिवर्तित नाम ‘तिम्रो मेरो साथ’ रहेको छ ।

सुटिङ नजिकिँदै गर्दा ‘रेड वाइन’ निर्माण टिमले चलचित्रको नाम परिवर्तन गरेका छन् । ‘तिम्रो मेरो साथ’ नाम फाइनल गर्दै निर्माण टिमले चलचित्र बाट ‘रेड वाइन’ नाम हटाएका हुन। समयको माग र दर्शकलाई मध्य नजर राख्दै निर्माण टिमले चलचित्रको नाम परिवर्तन गरेका हुन । 

पहिला नायक पल शाहलाई हटाएर उक्त ठाउँमा पुष्प खड्का अनुबन्धित भएका थिए । अहिले ‘रेड वाइन’ पछि ‘तिम्रो मेरो साथ’ नाम परिवर्तन अब के दर्शकको मन जित्ला ?

प्रेमकथामाथि आधारित यो चलचित्रको नाम कथा र समयको माग अनुरूप परिवर्तन गरिएको जानकारी चलचित्रका निर्देशक रमेश एम के पौडेलले बताएका छन ।

उक्त चलचित्र शुक्रबारदेखी छायांकन जाने लागेको निर्माण टिमले जनाएको छ । चलचित्रमा निर्देशक पौडेलकै कथा, गीत र लगानी समेत रहनेछ । चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री, खबपु, इमिली लामा, ध्रुव दत्त लगायतको मुख्य भूमिका रहनेछ । आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो चलचित्र बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्