Logo

गैंडाको खागसहित एकजना पक्राउ



Spread the love

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीले जानकारी दिए छ ।

अझै अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्