Logo

१०५ किलो गाँजासहित ७ जना पक्राउ



Spread the love

२० पुस, काठमाडौं–१ सय ५ किलो अवैध लागूऔषध गाँजा (चिप्पड) सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्‍ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले र पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ का ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।

लागूऔषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको उक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना.४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्