Logo

यस्ता छन् पत्थरीका ६ मुख्य लक्षण



Spread the love

एजेन्सी । मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ ।

नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ। गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् । यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन ।

पानी थोरै पिउने, चर्को घाममा दैनिक काम गर्ने, माछा-मासु र जंकफुडमा बढी लगाव भएका र व्यस्त जीवनशैली भएका मानिसहरुमा देखिने समस्या हो, मिर्गौलामा पत्थरी।

पत्थरी बनावटका हिसाबले धेरै खालका हुने भए तापनि सबैभन्दा धेरै देखिने प्रकार हो, ‘क्याल्सियम अक्जालेट’। यसका अलावा युरिक एसिड, स्ट्रुभाइट र सिस्टिनका पत्थरी हुने गर्छ। मिर्गौलामा पत्थरी बन्ने धेरै प्रक्रिया छन्, जसमा मुख्य प्रक्रिया हो, घोलक (पिसाब) र घुलित वस्तु (क्याल्सियम,युरिक एसिड, अक्जालेट) बीच तालमेल नमिल्नु।

संकेत

पिसाब गर्दा तीव्र पीडा
मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ ।

पिठ्युँ दुख्ने
कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ ।

पिसाबमा रगत
पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ ।

वाकवाक र पेट गडबड
पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ । बान्ता भयो भने शरीरभित्रको फोहर बाहिर निस्कन्छ ।

ज्वरो
ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ ।

अंग फुल्ने
पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।

लक्षण

  • पिसाबमा रगत देखिने या पत्थरी देखिने
  • कोखा चस्किराख्ने
  • मूत्रमार्गमा पत्थरी अड्किएर समयसमयमा कम्मर वरिपरिको भागमा खप्नै नसकिने दुखाइ हुने
  • ज्वरो आउने, वाकवाकी लाग्ने र उल्टी हुने
  • पिसाब पोल्ने, पिसाब छिटोछिटो लाग्ने र साबिकभन्दा थोरै पिसाब हुने

प्रतिक्रिया दिनुहोस्