Logo

आज ४ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१९ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ८ सय जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप  ४ सय २१  जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ४ सय २१  जना कोरोना संक्रमण देखिएका मध्य झापामा २, पाँचथरका २, भोजपुरका १, मोरङमा १३, सुनसरीमा ७, सोलुखुम्बुका १, धनुषामा ३, महोतरीका १, काठमाडौँमा १६०, काभ्रेमा २, चितवनमा ९६, धादिङमा ४, नुवाकोटमा ५, भक्तपुरमा ११, मकवानपुरमा २, ललितपुरमा २६ र सिन्धुपाल्चोकमा १, कास्कीमा १५, गोरखामा ३, तनुहँमा १, नवलपरासी पूर्वमा १०, पर्वतमा १, बाग्लुङमा १, स्याङ्जामा १, अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा १, रुकुम पूर्वमा १, अछाममा ३, कञ्चनपुरमा ९ तथा कैलालीमा ४ जना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८पुगेको छ।

हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६७  जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्