१९ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८पुगेको छ।
हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६७ जना क्वारेन्टिनमा छन्।
प्रतिक्रिया दिनुहोस्