Logo

प्रचण्ड–नेपाल समूहद्वारा देशव्यापी आन्दोलन गर्ने घोषणा



Spread the love

१८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

 सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा आज पत्रकार सम्मेलनबाट गरिएको हो । आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताए ।

केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने दाहाल-नेपाल समूहले आन्दोलन गर्दै आएको छ । उसले आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्