Logo

पैदल यात्रीलाई ठक्कर दिएर मन्त्री प्रभु साहको गाडी भाग्यो



Spread the love

१८ पुस, सर्लाही । सर्लाहीमा शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जनालाई ठक्कर दिएर भागेको खुलेको छ ।

रौतहटबाट काठमाडौं हिँडेको सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएको पत्ता लागेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिएका छन् ।

तर, उनी सवार ना१झ ३८४२ नम्बरको गाडी कहाँ छ भन्नेमा प्रहरी समेत अज्ञात छ । मन्त्री साह सवार गाडीले बाटो काटिरहेका लालबन्दी नगरपालिका-८ का बच्चु तामाङलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका तामाङको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्