Logo

जंगली बँदेलको आक्रमणबाट चार घाइते



Spread the love

१८ पुस, दाङ । दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्।

जंगली बँदेलको आक्रमनबाट लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिस गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया हिरादेवी चौधरी घाइते भएका छन्।

घाइतेमध्ये शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।

बँदेलले आक्रमण गरी अधिकांश घाइतेको खुट्टा र तिघ्रामा गहिरो घाउ बनाएको र धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको छ। 

‘बँदेलले बच्चा जन्माएको रहेछ,’ पौडेलले भने, ‘बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको भन्ने छ।

प्रतिक्रिया दिनुहोस्