Logo

नयाँ बर्षको पहिलो दिन विश्वभर कति जन्मिए बच्चा



Spread the love

१७ पुस, एजेन्सी। नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ ।

फिजीमा सन् २०२१ को पहिलो शिशुको जन्म हुन्छ भने अमेरिकामा यो वर्षको पहिलो दिनको अन्तिम शिशुको जन्म हुनेछ ।

संसारभरी जन्मेका शिशुमध्ये ५० प्रतिशत शिशुहरु १० देशमा जन्मने बताइएको छ । जसमध्ये भारतमा ५९ हजार ९९५, चिनमा ३५ हजार ६१५, नाइजेरियामा २१ हजार ४३९, पाकिस्तानमा १४ हजार १६१, इन्डोनेसियामा १२ हजार ३३६, इथोपियामा १२ हजार ६ जना, अमेरिकामा १० हजार ३१२, इजिप्टमा ९ हजार ४५५, बंगलादेशमा ९ हजार २३६ र कंगोमा ८ हजार ६४० जना शिशुहरुले नयाँ वर्षको पहिलो दिन जन्म लिने युनिसेफले जनाएको छ ।

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि विभिन्न देशमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्