पेसावर । पाकिस्तानमा सुरक्षा चिन्ताहरु बढ्दै जाँदा ग्वादर बन्दरगाह सिल गरिएको छ ।
पाकिस्तानको विपक्षी प्रान्त बलुचिस्तानमा बढ्दो सुरक्षा चिन्ताका कारण पाकिस्तानी अधिकारीहरुले ग्वादरको बन्दरगाह वरपरको २४ वर्ग किलोमिटर क्षेत्रफललाई सिल गरेका छन् ।
चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) को “क्राउन जेवेल” भनेर चिनाउन यस क्षेत्रलाई सुरक्षति बनाउनका लागि सुरक्षित योजना बनाएका छन्। विभिन्न स्रोतहरूबाट प्राप्त भएका सूचनाहरुका अनुसार पाकिस्तान सेनाले मकरान प्रशासन, ग्वादर विकास प्राधिकरण, ग्वादर पोर्ट प्राधिकरण र बलूचिस्तान सरकारको सहयोगमा ग्वादर स्मार्ट पोर्ट सिटी मास्टर प्लान अन्तर्गत परियोजना सञ्चालन गरिरहेको छ ।
ग्वादरको संवेदनशील भागहरुका वरिपरि तारबाराको पर्खाल निर्माण कार्य गरिएको छ । विभिन्न चरणमा सम्पन्न गरिने १५ हजार यकडको क्षेत्रफलमा तारबार लगाइएको छ । यस क्षेत्रमा सिल गरिएपछि यातायातको प्रवाहमा अवरोध र बहिर्गमन निगरानी गरिएको छ ।
सरकारी स्रोतहरूले “ग्वादर सहरलाई सुरक्षति” बनाउन ५०० भन्दा बढी हाइ-डेफिनेसन सीसीटिभी क्यामेरहरु राखिएका छन् । ‘शंकास्पद गतिविधिहरु’ वा सहरमा अनधिकृत वा जबरदस्ती घुसपैठाहरुमाथि निगरानी गरिएका छन् ।