Logo

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने



Spread the love

१७ पुस, काठमाडौँ ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन् ।

चौध दिनको क्वारेन्टाइन सकिएपछि उनले पहिलो खेल आफ्नै पुरानो क्लब मेलबर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । 

लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए । 

बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका थिए । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुट्नुभएको व्यवस्थापक शिवाकोटीले बताउए ।

लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ ।

उनी तेस्रो पटक बिगबास लिग खेल्न लाग्नुभएको हो । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेल्नुभएको थियो । ती दुई याममा उहाँले कूल २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उहाँ अष्ट्रेलिया उड्का थिए ।

प्रतिक्रिया दिनुहोस्