Logo

संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन



Spread the love

१६ पुस, मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले  प्रदेश- १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ ।

यसअघि दाहाल–समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । उक्त समूहले मुख्यमन्त्रीमा आचार्यलाई प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । संसदीय दलभित्र पनि अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट निष्कासन गरी भीम आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्