Logo

प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरू माथि बम आक्रमणमा कम्तीमा २२ को मृत्यु



Spread the love

१६ पुस, काठमाडौं । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आक्रमणमा कम्तिमा २२ जना मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।

घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू “सकुशल”रहेको बताएका छन्।

 विष्फोटपछि गोली पनि चलेको थियो । साउदी टेलिभिजन च्यालन अल हदथले सार्वजनिक गरेको एक भिडियोमा मिसाइल आक्रमण गरेको देखिन्छ ।

यसअघि सन् २०१९ मा पनि अदनको एक सैन्य परेडमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा ३६ जना मारिएका थिए ।

यमन सन् २०१५ मा शुरु भएको गृहयुद्धपछि संकटमा छ । हुथी विद्रोहीहरुले देशको पश्चिमी क्षेत्रका अधिकांश भाग नियन्त्रणमा लिएका छन् । उनीहरुले साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बु मंसुर हादीलाई देश छाड्न बाध्य पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्