१५ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार १ सय १० जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ५ सय १० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ५ सय १० जना कोरोना संक्रमण देखिएका मध्य खोटाङका २, झापामा ६, ताप्लेजुङका १, मोरङमा ८, सुनसरीमा ७, धनुषामा १, पर्सामा १, काठमाडौँमा २२५, काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४ र ललितपुरमा ४९ जना संक्रमित थपिएका छन्। यस्तै सिन्धुपाल्चोकमा १, सिन्धुलीमा २, कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीपूर्वमा २, म्याग्दीमा १, वागलुङमा ३, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुमपूर्वमा १, रुपन्देहीमा १९, डडेल्धुरामा २, डोटीमा १ र र बझाङमा १ जनामा कोरोना पुष्टि भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ। देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन्।