Logo

पुस महिनाको मासिक राशीफल, कस्तो छ तपाईंको भाग्य



Spread the love

पुस १५ गते देखि माघ १५ गतेसम्मको मासिक राशिफल

सूर्यले राशि परिवर्तन गरेको समयमा सोमवार, ज्येष्ठा नक्षत्र, अतिगण्ड योग, बालब करण, आनन्दादि मानस योग, बृष लग्न र सिंह नवमांशक रहेको देखिन्छ । हरेक वर्ष मंसिर महिनामा श्रीसूर्यनारायणले बृश्चिक राशिमा भ्रमण गर्ने गर्दछन् । अन्य ग्रहहरूको राशि भने फरकफरक हुने गर्दछ । यस पटक मार्गशीर्ष ९मंसिर० सङ्क्रान्तिको समयमा बृश्चिक राशिमा सूर्य, चन्द्रमा र केतु, मकर राशिमा बृहस्पति र शनिदेव, मीन राशिमा मङ्गल, बृष राशिमा राहु तथा तुला राशिमा बुध र शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ । चन्द्रमाले प्रत्येक दुई वा तीन दिनमा राशि परिवर्तन गर्ने गर्दछ, यस अतिरिक्त मंसिर महिनाको सङ्क्रान्तिकै दिन शनिश्चर र शुक्र ग्रहले पनि राशि परिवर्तन गरेका छन् । त्यसबाहेक बुधले मंसिर १२ गते तुला राशिको यात्रा पूर्ण गरी बृश्चिक राशिमा र १ गते तुला राशिमा प्रवेश गरेको शुक्रले पुनः मंसिर २५ गते बृश्चिक राशिमा प्रवेश गर्ने सङ्केत छ । राहु र केतुबाहेक यो महिना कुनै पनि ग्रह बक्र गतिमा रहने छैनन् । यस महिनाको १२ गते बुध ग्रह अस्तावस्थामा पुग्नेछ ।

मेष-(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आँट उत्साह बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलता दायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ ।

बृष-(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सुख शान्ति बढ्नेछ । यात्रा होला । धन समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ख्याति फैलिनेछ ।धनसम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ ।

मिथुन -(का,की,कू,घ,ङ,छ,के,को,हा)

स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ । चोटपटक नलागोस् भनेर ध्यान राख्नुपर्ला । खर्च बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा रुचि बढाउनु पर्ला । लेखन–प्रकाशनसित सम्बन्धित काममा ध्यान राख्नुपर्नेछ । इष्टमित्रसितको सम्बन्धमा ध्यान राख्नु बेस रहला । प्रेमपात्रसितको व्यवहारमा सचेत रहनुपर्नेछ । कठोर परिश्रमले सफलता पाउनुहुनेछ । भागदौड बढ्ला । प्रेमपात्र सन्तान आदिको साथ पाउनुहुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । गीतसंगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता पाउनुहुनेछ । यात्रामा सफलता मिल्नेछ । विलासप्रति रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनु पर्नेछ ।बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुखसुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी लगाइएको धन उठ्ला । धन सम्पत्ति बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेट्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।हांसविलासमा आकर्षण बढ्नेछ । सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्व पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । यात्रापरक सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ ।गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला । पारिवारिक सुख आनन्द पनि बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

उन्नति–पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकुलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला ।

 मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ ।ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुहोला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्