१५ पुस, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
दाहालकी छोरी गंगा दाहालले अस्पतालमा भर्ना गरिएको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । दाहालको सचिवालयले सीतालाई थप उपचारको लागि यसैसाता भारत लैजाने जनाएको थियो ।
लामो समयदेखि विभिन्न रोगबाट पीडित दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिइन्।
‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,’ उनले फेसबूकमा लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस्