१५ पुस, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ।
आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’
विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ।
‘कोभिड-१९ का कारण अध्ययन नै भएको छैन हाम्रो आकलन परीक्षा हुन कम्तीमा जेठ त कुर्नै पर्छ,’ पौडेलले खबरहबसँग भने । सामान्य अवस्थामा एसईई परीक्षा चैत्रमा हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्