Logo

रजनीकान्तले पार्टी नखोल्ने घोषणा



Spread the love

एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपरस्टार नायक आफैँले लिएको निर्णयबाट पछि हट्नुभएको छ ।

साउथ इन्डियनका सुपरस्टार नायक रजनीकान्तले डिसेम्बर ३१ अर्थात् भोलि नयाँ पार्टी खोल्ने घोषणा गर्ने तयारीमा थिए । यद्यपि तमिनाडुमा हुन् लागेको बिधान सभा चुनावभन्दा अगाडी उनले आफुले राजनीतिक पार्टी नखोल्ने घोषणा गरेका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनले यो निर्णय गर्नुभएको हो । बिरामी हुँदा धेरै कुरा सिकेको बताउँदै उहाँले पार्टी नबनाए पनि जनताको लागि राम्रो काम भने गर्ने अठोट लिनुभएको छ । उहाँले आफूलाई भगवानले चेतावनी दिँदै पार्टी नखोल्न भनेको समेत बताउनुभएको छ ।

तामिलनाडुमा हुने विधान सभा निर्वाचनमा लड्ने तयारी गर्नुभएका उहाँ मुख्यमन्त्री पदको उम्मेद्वार बन्ने समेत तय भइसकेको थियो ।

फिल्मको सुटिङका क्रममा केही दिन अघि उच्च रक्तचाप भएपछि उहाँलाई हैदराबादको अपोलो अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्