१४ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार १ सय ३५जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ७ सय ८ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ४ सय ८१ जना कोरोना संक्रमण देखिएका मध्य उदयपुरमा १, झापामा ४, भोजपुरमा १, मोरङमा २१, सुनसरीमा १४, धनुषामा २, रौतहटमा १, काठमाडौँमा ३२४, काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा १ र ललितपुरमा ५२, सिन्धुपाल्चोकमा २, कास्कीमा १९, गोरखामा १, तनहुँमा १, नवलपरासीपूर्वमा ५, वागलुङमा १, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुमपूर्वमा १, रुपन्देहीमा ३७, रोल्पामा १, जाजरकोटमा १, सुर्खेतमा ७, अछाममा १, कञ्चनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बैतडीमा ४ र बझाङमा ५ जनामा कोरोना पुष्टि भएको छ।
हालसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको छ भने योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका अनुसार देशभर २२८ जना संक्रमितको आईसियुमा र ४० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।