१४ पुस, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना कोरोना संक्रमित थपिएका छन्।
हालसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको छ भने योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका अनुसार देशभर २२८ जना संक्रमितको आईसियुमा र ४० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्