Logo

महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत गर्ने अधिकारवादीलाई जेल सजाय



Spread the love

१४ पुस, काठमाडौं। सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।

चर्चित अधिकारकर्मी ३१ वर्षकी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्। दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ। हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन्।

उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो। हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो।

उहाँलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ । उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो।

प्रतिक्रिया दिनुहोस्