Logo

गुल्मीमा प्रचण्ड-माधव समुहको वर्चस्व, तम्घासको भेलालाई मन्त्री बलालद्वारा सम्बोधन



Spread the love


१२ पुस, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समुहको भेला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । तम्घासस्थित् एक होटलमा भएको भेलालाई नेकपाका नेता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बलालले सम्बोधन गरेका थिए ।

भेला सम्पन्न भएलगतै आज गरिएका निर्णयहरु उक्त समुहले प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । पार्टी सचिव वीरबहादुर कार्कीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा चार वटा महत्वपूर्ण निर्णय गरिएको उल्लेख छ ।

मन्त्री बलालले नेपाली जनताले विश्वास गरेर स्थीरता र विकासका लागि जिताएको दुई तिहाई संसद विघटन असंवैधानिक र आत्मघाती भएको बताउँदै यसको विरोधमा उत्रनुको विकल्प नरहेको बताएका छन् । त्यस्तै, जिल्लाका अन्य नेताहरुले पनि संसद विघटन असंवैधानिक भएको बताउँदै यसको विरोध गदै पार्टी एकतालाई दबाव दिनुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


भेलामा प्रचण्ड-माधव समुहका नेता तथा कार्यकर्ताको व्यापक सहभागीता रहेको थियो । गुल्मीमा पनि प्रचण्ड-माधव समुहका नेता तथा कार्यर्ताको वर्चस्व रहेको छ भने केपी ओली पक्षधर गुल्मीमा अल्पमतमा देखिन्छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्