Logo

आज ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१२ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ३ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ४ सय ८१ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १, उदयपुरमा १, तेह्रथुममा २, पाँचथरमा १, मोरङमा ५, सुनसरीमा ४, धनुषामा ३, रौतहटमा ३, काठमाडौँमा १७५, काभ्रेमा ३, चितवनमा २०, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ६, मकवानपुरमा ७, रसुवामा १, रामेछापमा १ र ललितपुरमा २७, सिन्धुलीमा १, कास्कीमा ५४, तनहुँमा ४, नवलपरासीपूर्वमा ४, लमजुङमा २, वागलुङमा ६, स्याङ्जामा १३, अर्घाखाँचीमा ३, गुल्मीमा ४, दाङमा २, नवलपरासीमा ४, पाल्पामा ७, प्यूठानमा १, बर्दियामा ४, बाँकेमा १९, रुपन्देहीमा १७, रोल्पामा १, अछाममा २, कञ्चनपुरमा १०, कैलालीमा ४५ र बझाङमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख लाख ५८ हजार १८१ पुगेको छ। हालसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमण डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्