Logo

गुल्मी जिल्लाबासीसँग मन्त्री बलालले मागे माफी



Spread the love

१२ पुस, गुल्मी । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बलालले गुल्मीबासीसँग माफि मागेका छन् । आइतबार सदरमुकाम तम्घासस्थित् प्रचण्ड-माधव समुहको भेलालाई सम्बोधन गर्न उनी गृह जिल्ला गुल्मी आएका थिए ।

सम्बोधनपछि सल्लेरी खबरसँग विशेष कुरा गर्दै उनले भने, ‘‘ म सर्वप्रथम त तपाईको सञ्चारमाध्यमबाट आम गुल्मेली जनतासँग माफि माग्न चाहन्छु, किनभने हामीले जनता माझ मत माग्दा मुलुकलाई आर्थिक स्थायीत्व र रुपान्तणको बचनसहित प्रतिबद्धता जनाएका थियाैँ । तर, हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कुठारघात गर्नुभएको छ । जुन असंवैधानिक छ ।” उनले थपे, “अब हामी यस विषम अवस्थालाई चिर्दै सबै कार्यकर्तालाई संगठित गर्दै पार्टीलाई एकताबद्ध बनाएर समाजवादको बाटोमा डोर्याउने छाैँ ।”

त्यस्तै उनले भेलालाई सम्बोधन गर्दै नेपाली जनताले विश्वास गरेर स्थिरता र विकासको लागि जिताएको दुई तिहाई संसद विघटन असंवैधानिक र आत्मघाती भएको बताउँदै यसको विरोधमा उत्रनुको विकल्प नरहेको बताएका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्