Logo

रामकुमारी झाँक्रीले भनिन् ‘म जतिबेला पनि मारिन सक्छु’



Spread the love

१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन् ।

शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भावुक हुँदै उनले यस्तो बताईन् । उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको बताएकी छिन् ।

ओली र भण्डारीप्रति इंगित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा निरंकुश देखिएको बताएकी छिन् । संबिधानको चीर हरण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट गलहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।

करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घात गरेको पनि बताईन् ।

केपी ओलीले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको  बताउँदै ओली र भण्डारीको निरंकुशता एक महिनामै अन्त्य गरिदिने चेतावनी दिएकी छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्