Logo

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता



Spread the love

१२ पुस, काठमाडौं । प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

उनीहरुले नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्। अविश्वासको प्रस्तावमा करीब ३७ सांसदले हस्ताक्षर गरेका छन्। अरु केही सांसद जिल्लामा रहेकाले हस्ताक्षर गर्न छुटेको बताइएको छ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्