Logo

आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको भन्दै मुख्यमन्त्री राईद्वारा योजनामन्त्री बर्खास्त



Spread the love

११ पुस, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको भन्दै पदबाट हटाएको मुख्यमन्त्री राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्