Logo

आज पाँच सय जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

११ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ४ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप पाँच सय जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता पाँच सय जना कोरोना संक्रमण देखिएका मध्य झापमा ५, धनकुटामा ३, मोरङमा ४, सोलुखुम्बुमा १, धनुषामा २, बारामा १, महोत्तरीमा १, काठमाडौँमा २०९, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२ र सिन्धुपाल्चोकमा ५, सिन्धुलीमा ३, कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, म्याग्दीमा ४, लमजुङमा १, बागलुङमा १, स्याङ्जामा १, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रुपन्देहीमा २८, रोल्पामा १, अछामा ४, डडेल्धुरामा १ र बझाङमा १२ जना कोरोना  संक्रमित थपिएका छन्।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४९ हजार १३२ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१९ पुगेको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ  ।

प्रतिक्रिया दिनुहोस्