Logo

डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु



Spread the love

११ पुस, एजेन्सी ।  युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार तिब्रगतिमा चलेको हुरीले दर्जनौ मानिस रहेको डुंगा पल्टाउँदा २६ जनाको मृत्यु भएको हो । डुंगा दुर्घटना भएपछि २१ जनाको भने उद्धार गरिएको समाचार संस्था एएफपीले जनाएको छ । खोजीको काम अझै भइरहेको छ । 

खोजी जारी भए पनि अब कोही पनि जीवितै भेटिने सम्भावना निकै कम रहेको खोजीमा संलग्नले बताएका छन् । 

कमजोर सुरक्षा सावधानी र छिनछिनै हुने मौसम परिवर्तनले यो तालमा बारम्बार यस्ता दुर्घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्