Logo

विवाह गर्न अस्वीकार गरेपछि क्रिश्‍चियन किशोरीको हत्या



Spread the love

रावलपिन्डी । पाकिस्तानको रावपिन्डीमा विवाह गर्न अस्वीकार गरेपछि क्रिश्‍चियन किशोरीको हत्या गरिएको छ ।

एक मुस्लिम परिवारबाट आएको विवाहको प्रस्ताव उनका आमाबुबाले अस्वीकार गरेपछि शेहजाद नाम गरेको मुस्लिमले ती किशोरीको हत्या गरिएको हो । कोरल प्रहरी चौकीका अधिकारीहरूले आइतबार फैजान नामका एक आरोपीलाई पक्राउ गरेको दाबी गरेका छन् ।

हत्यामा संलग्‍नमध्येका शेहजादलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलिएको विवादको असर प्रदेश सरकारमा पनि देखिएको छ ।

मृतक, सोनिया र आरोपीहरू रावलपिन्डीको पुरानो एयरपोर्ट क्षेत्रका निवासी हुन् । शहजादकी आमाले सोनियाको लागि उनको छोराको प्रस्ताव पठाएकी थिइन् । तर किशोरीका बुबाआमाले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

उनले अर्को पुरुषसँग विवाह गर्ने निर्णय भइसकेकोले शेहजादसँग विवाह हुन नसक्ने बताएकी थिइन् । प्रहरीका अनुसार घटनाको दिन युवती राजमार्गमा विवाह हुने भनिएका किशोरसँग यात्रा गर्दैगर्दा शेहजादले उनलाई गोली हानेका थिए । प्रहरीले प्रारम्भिक छानबिन भइरहेकोले यो हत्या व्यक्तिगत आक्रोशको कारण भएको बताएको छ ।

गत महिना, एक ईसाई युवती, आरजो राजालाई अपहरण गरिएको थियो । कराचीमा एक ४४ वर्षीय मुस्लिम मानिससँग धर्म परिवर्तन गरेर विवाह गर्न बाध्य पारिएको थियो । सिन्ध उच्च अदालत (एसएचसी) उक्त विवाह हुन नसक्ने र किशोरीको उद्धार गरेर घर फिर्ता गर्न आदेश दिएको थियो ।

पाकिस्तानमा क्रिश्‍चियनहरुमाथिको आक्रमण बढ्दै गए पनि सरकारले प्रभावकारी कदम चाल्‍न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्