१० पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ४ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ६ सय ८ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ६ सय ८ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ३, उदयपुरमा १, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १०, सोलुखुम्बुमा १, धनुषामा ४, पर्सामा १, बारामा ३, काठमाडौँमा २१२, काभ्रेमा ४, चितवनमा १८, दोलखामा ५, धादिङमा ५, नुवाकोटमा १३, भक्तपुरमा २०, मकवानपुरमा ५, रामेछाममा २, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा २, सिन्धुलीमा १, कास्कीमा १८ र गोरखामा २, तनहुँमा ३, नवलपरासीपूर्वमा १८, पर्वतमा १, स्याङ्जामा २, अर्घाखाँचीमा ४, गुल्मीमा २, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा २, बर्दियामा ४, बाँकेमा १७, रुपन्देहीमा ३५, रोल्पामा १, कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ३, डोल्पामा ४, दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १०, अछाममा १२, कञ्चनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीमा ४, दार्चुलामा १ र बझाङमा १५ जना संक्रमित थपिएका छन्।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ । देशभर नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।
हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।