Logo

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु



Spread the love

१० पुस, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।

इजलासमा अधिवक्ताहरु सन्तोष भण्डारी रुद्र शर्मा र बद्री झाले बहस गरेका छन्। सुनुवाइ सुरु हुनेबित्तिकै संवैधानिक इजलासमाथि अधिवक्ताहरुले प्रश्न उठाएका छन् । प्रधानन्यायाधीशले संवैधानिक इजलासमाथि शंका नगर्न अधिवक्ताहरुसँग आग्रह गरेका छन्।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा सरकारी कदमविरुद्ध परेको रिटमथि सुनुवाइ भइरहेको छ ।

अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै परेका मुद्दामा पनि संविधानको धारा ७६को (७) को व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाएको प्रधानन्यायाधीश चोलेन्द्र राणाको बुधबारको आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्