Logo

हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर माइतीघर मण्डला पुगे प्रचण्ड-नेपाल



Spread the love

१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् । यसपछि सर्वोच्च अदालत जाने तयारी रहेको छ ।

आज माइतीघर मण्डलामा प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । माइतीघरमा नाराबाजी गरेपछि उनीहरु पार्टीको आधिकारिकता दाबी गर्नका लागि आफ्नो खेमामा रहेका सबै केन्द्रीय सदस्य तथा सांसदहरुसहित शुक्रबार निर्वाचन आयोग जाने छन् ।

निवर्तमान मन्त्री घनश्याम भुसालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताए ।

प्रतिक्रिया दिनुहोस्