Logo

फेरि बढ्यो सुनको मूल्य, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

१० पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले १ सयले बढेको छ ।

 बिहिबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा १ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ७ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोलाको एक हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्