Logo

पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ दम्पतीले छोडे ओली पक्ष



Spread the love

९ पुस, काठमाडौं । संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राई दम्पतीले नेकपा केपी ओली समुहको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् ।

बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै प्रदेश १ की सांसद उषाकला र उनका श्रीमान संघीय सांसद शेरबहादुरले आफुहरु विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका छन् । 

प्रदेश १ सांसद उषाकला खोटाङकी हुन् भने संघीय सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् ।

प्रदेश १ बाट समाजिक विकास राज्य मन्त्री जसमाया गजमेर , झापाका सांसद गोपाल बुढाथोकी , उदयपुरकी सांसद कला घले , कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ , लगायतले ओली समुहको केन्द्रिय सदस्य अस्विकार गरिसकेका छन ।

Image may contain: text
Image may contain: text

प्रतिक्रिया दिनुहोस्