Logo

जीप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते



Spread the love
बैतडीमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

९ पुस, बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

नगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो ।बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् ।

प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्