Logo

नौ महिना देखी बेपत्ता भएकी ७४ वर्षीया श्रीमतीलाई खोज्दै ८४ वर्षीय वृद्ध



Spread the love

८ पुस, गुल्मीमा । जेठ १३ गते दाउरा लिन गएकी श्रीमतीको अहिलेसम्म कुनै खबर नआएपछि उनका ८४ वर्षीय श्रीमान बिचल्लीमा परेका छन् ।

बाग्लुङ जिल्लाको बढिगाड गाउँपालिका वडा नम्बर १० की ७४ वर्षीया खिम सरा विक विगत नौ महिना देखी बेपत्ता भएकी हुन् । श्रीमती बेपत्ता भए संगै उनका श्रीमान यति बेला उनलाई बिचल्लीमा परेका छन भने श्रीमतीको खोजिमा भौतारिएका छन् ।

बाग्लुङ जिल्ला संगै गुल्मी, अर्घाखाँचीसहित विभिन्न जिल्ला चाहार्दा समेत कतै बाट केहि खबर नआएको गुनासो गरेका छन्।

बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मानसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किन ” । उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “।

संबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको गुनासो गरे । साथै फेला पार्नु हुनेले ९८१६१३२११७ (9816132117) मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्