Logo

आज ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

८ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार ५ सय ५९जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ७ सय ४३ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १, झापामा १०, तेह्रथुममा १, मोरङमा १५, सुनसरीमा ६, धनुषामा ३, पर्सामा ३, महोत्तरीमा १, रौतहटमा १, काठमाडौँमा २५०, काभ्रेमा ११, चितवनमा १८, धादिङमा ६, नुवाकोटमा ११, भक्तपुरमा ३४, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ३४ र सिन्धुपाल्चोकमा २, सिन्धुलीमा १ कास्कीमा ७१, गोरखामा १, तनहुँमा १०, नवलपरासीपूर्वमा १, पर्वतमा २, मनाङमा ५, म्याग्दीमा ९, लमजुङमा १७, बाग्लुङमा १४, स्याङ्जामा २, अर्घाखाँचीमा ९, गुल्मीमा १, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा १, बर्दियामा ५, बाँकेमा १८, रुपन्देहीमा ४५, जुम्लामा १, सुर्खेतमा ४, अछाममा ६, कञ्चनपुरमा ४२, कैलालीमा ३३, डडेल्धुरामा ३, डोटीमा ३, बझाङमा ३ र बाजुरामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ भने पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्