Logo

‘प्रचण्ड संसदीय दलको नेता चयन’ नेपालको प्रस्ताव



Spread the love

८ पुस, काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन छ ।

माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । दाहाल संसदीय दलको नेतामा चयन भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए । 

मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

हिजोको केन्द्रीय कमिटी बैठकमा भएको सहमति अनुरुप सो पक्षले दाहाललाई संसदीय दलको नेता चयन गर्न लागेको हो । सोमबार बसेको सो पार्टीको सांसदहरुको भेलामा ९० सांसद उपस्थित थिए ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि दाहाललाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्