Logo

नेपाली बजारमा आज कति छ सुनको मूल्य ?



Spread the love

८ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ९ सयले घटेको छ ।

मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९ सयले घटेर ९४ हजारमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५० रुपैयाँले एक हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्