Logo

आज ७ सय २२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

७ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ७ सय २२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ७ सय २२ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १, उदयपुरमा ३, ‌ओखलढुंगामा २, खोटाङमा १, झापामा ५, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, भोजपुरमा १, मोरङमा ४०, सुनसरीमा २६, सोलुखुम्बुमा १, धनुषामा ४, बारामा १, काठमाडौँमा ३००, काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२ र सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा २, कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासीपूर्वमा ६, लमजुङमा ३, वागलुङमा ३, स्याङ्जामा ४, अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ८, रुपन्देहीमा २०, कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा १, डोल्पा ३, दैलेख ३, सल्यान २, सुर्खेतमा १४, अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ ।हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९८ पुगेको छ ।

हाल देशभर ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १३ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्