७ पुस, मोरङ। पूर्व पश्चिम राजमार्गको बेलबारी ४ बेतना सिमसार क्षेत्र नजिकै स्कुटर दुर्घटनामा परेका दुईजना सडकमै अधिक पीडामा लडिरहेका थिए।
त्यसै समयमा घटनास्थल हुँदै अघिपछि सुरक्षाकर्मीको स्कटिङमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए। तर उनले घाइतेलाई देखेको नदेखे झै गरेर गाडीमा हुईकिए।
अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । तस्वीरमा देखिन्छ– ‘दुर्घटना परेको स्कुटर र नजिकैबाट सवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर’ ।
उनलाई एम्बुलेन्स आयो भन्ने लाग्यो। फर्केर हेर्दा प्रहरीको गाडी थियो। प्रहरीको भ्यान पछाडी भिआइपी सवार गाडी र पछुवा गाडीको रुपमा सशस्त्र प्रहरीको भ्यान थियो। उनलाई लाग्यो अब अस्पताल पठाउन सकिन्छ।
उद्धारमा ढिलाइ हुँदा एक जना घाइतेको निधन भइसकेको थियो भने अर्क घाइते भण्डारीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।