लन्डन । पाकिस्तान प्रशासित कश्मीरका अभियन्ता शबीर चौधरीले फेरि बेलायती सांसदलाई पत्र पठाएका छन् ।
पाकिस्तान प्रशासित काश्मीरको दयनीय अवस्थाबारे जानकारी गराउँदै बेलायतको लेबर पार्टीका सांसद डेबी अब्राहमलाई पत्र पठाएका हुन् । पाकिस्तानले कश्मीरमा रहेको दयनीय अवस्थालाई प्रकाश पार्दै पत्रमा भनेका छन, “कसैलाई यातना दिइनु हुँदैन वा क्रूर, अमानवीय वा अपमानजनक उपचार वा सजायलाई रोक्नु हुँदैन ।
तर, पाकिस्तानले पीओकेमा गम्भीर मानवअधिकार उल्लंघनका कामहरु गरिरहेको छ ।” संयुक्त काश्मिर पीपुल्स पार्टीका विदेश मामिला समितिका अध्यक्ष चौधरीले मानव अधिकारको अवस्थाबारे गत महिनामा सबै पार्टी संसदीय समूह (एपीजीजी) का अध्यक्ष अब्रहमलाई दुई पटक पत्र पठाएका थिए तर उनले जवाफ भने पाएका छैनन् ।”
सोमबार अब्राहमलाई लेखेको पत्रमा उनले गिलगिट बाल्टिस्तानमा भर्खरै सम्पन्न धाँधलीपूर्ण चुनावकोबारेमा पनि औंल्याएका छन् । उनले पत्रमा भनेका छन्, “यस क्षेत्रका मानिसहरुको मौलिक अधिकारबाट वञ्चित छन् ।
यससँगै पाकिस्तान सरकारले यहाँको प्राकृतिक स्रोत पनि लुट्ने काम गरिरहेको छ ।” उनले यसअघि पीओकेको ददयाबाट पाकिस्तानी झण्डा हटाएपछि यातना दिएर पक्राउ गरिएका तनवीर अहमदलाई न्याय दिनका लागि अब्रहमलाई ध्यानाकर्षण गराएका थिए ।