Logo

आज ७ सय ४२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

६ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ७ सय ४२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ७ सय ४२ जना कोरोना संक्रमण देखिएका मध्य  इलाममा ३, खोटाङमा एकजना, झापामा १०, ताप्लेजुङमा एकजना, धनकुटामा एकजना, पाँचथरमा २, भोजपुरमा एकजना, मोरङमा ३१ जना, संखुवासभामा ३ र सुनसरीमा ७,  पर्सामा ३ र बारामा ६, काठमाडौंमा २३५, काभ्रेमा २८, चितवनमा २०, दोलखामा ८, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा २१, मकवानपुरमा १६, रसुवामा २ रामेछापमा २, ललितपुरमा ५५, सिन्धुपाल्चोकमा ३ र सिन्धुली, कास्कीमा ४२, गोरखामा ४, तनहुँमा १४, नवलपरासी पूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा एकजना, लमजुङमा ८, बागुलङमा २ र स्याङजामा ३, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ७, गुल्मीमा ६, दाङमा १६, नवलपरासीमा ४, पाल्पामा १३, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ६, रुपन्देहीमा ३४ र रोल्पामा ५ जाजरकोटमा १ , जुम्लामा १, डोल्पामा ३ दैलेखमा ३, सल्यानमा ३, सुर्खेतमा १६ र हुम्लामा एकजनामा कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा एकजना, कैलालीमा १०, डडेल्धुरामा ३ , डोटीमा ४,दार्चुलामा एकजना र बझाङमा ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १०७९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्