Logo

प्रधानमन्त्री ओलीले बोलाएको भेलामा बालुवाटार गएनन् गृहमन्त्री बादल



Spread the love

६ पुस, काठमाडौं । प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए।

यसैबीच, राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा जाने अनुमान गरिएको थियो। तर, बालुवाटार नगएर सोमबार बिहान मन्त्रीक्वार्टर पुल्चोकमै उनि समूहको बैठक अहिले बसिरहेको छ । बैठकमा नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।

ओलीले बोलाएको भेलामा अत्यन्त थोरै मात्राका सांसदहरुमात्रै सहभागी भएको बताइएको छ ।

संसद विघटनसँगै नेकपा नेताहरु केपी शर्मा ओली कि पुष्पकमल दाहाल प्रचण्ड समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन् ।

प्रतिक्रिया दिनुहोस्