Logo

आठ सय वर्षपछि आज बृहस्पति र शनिको दुर्लभ संयोग, नेपालबाट सहजै देखिने



Spread the love

६ पुस, काठमाडौं । सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि आज पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिँदैछ । आठ सय वर्ष पछि यस्तो दुर्लभ संयोग हुन लागेको हो ।

यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आँखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् ।

आज बेलुका सुर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई नेपालको जुनसुकै ठाउँबाट देख्न सकिने खगोलविदले जनाएका छन् ।

यसअघि सन् १६२३ मा पनि यी दुई ग्रह यस्तै नजिकको दूरीमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्