५ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ९ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ५ सय ८८ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ५ सय ८८ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ७, उदयपुरमा १, ओखलढुङगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभाका २, सुनसरीमा ३, सोलुखुम्बुमा २, सिराहामा ८, काठमाडौँमा १७९, काभ्रेमा ५, चितवनमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा २६, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा ३३, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १, कास्कीमा २६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा ६, लमजुङमा ५, बागलुङमा २, स्याङ्जामा ८, अर्घाखाँचीमा ६, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा २५, नवलपरासीमा ४, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ८, बाँकेमा १६, रुपन्देहीमा २३, रोल्पामा ३, अछाममा १२, कञ्चनपुरमा २०, कैलालीमा ८१, र बैतडीमा २ जना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ भने हालसम्म मृतक संख्या १७८८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०९७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८३२० जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।